स्मृति

व्यस्त जीवनमा पनि ३० वर्ष निरन्तर गल्फ खेलेका आङछिरिङ


नेपालन्युज
आईतवार , १६ फाल्गुन , २०७७

नेपालको व्यवसायमा कहलिएको नाम र नेपाली अर्थतन्त्रमा ठुलो हिस्सा ओगट्ने व्यवसाय समुहका एक पात्र थिए स्वर्गीय आङछिरिङ शेर्पा । उनले  व्यस्त जीवनसँगै गल्फ खेललाई निरन्तरता दिन छाडेनन् र ३० वर्ष सम्म गल्फक्लबसंग  नजिक रहे । तर शेर्पा हेलिकप्टर दुर्घटनामा परी निधन हुन पुग्यो । 

निधन भएको २ वर्ष पुगे पनि उनलाई गल्फ खेलाडी र आम नेपालीले विर्सन सकेको छैनन । गत २०७५ साल फागुन १५ गते उनि सहित विभिन्न व्यक्तिको ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। उनको निधनको २ वर्ष पुगिसक्दा पनि नेपालको गल्फ मैदानमा उनका सहकर्मीहरुले उनलाई हरेक दिन सम्झने गर्दछन। उनको त्यो ३ दशकको निरन्तर गल्फ यात्राका साक्षी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका  उपकुलपति गोपाल चित्रकार आङछिरिङको अनुपस्थिति विनाको गल्फ मैदान आफूहरुले सुन्य महसुस गरिरहेको नेपालन्युजलाई बताए। अहिले पनि गल्फ मैदानमा हरेकदिन जसो उनको बारेमा कुरा हुने गरेको उल्लेख गर्दै उनले आङछिरिङ गल्फमा रमाउने भएकाले उनले गल्फ खेलको मैदान खेलमय बनाउने गरेको स्मरण गरे।

त्यस्तो ब्यस्त जीवनमा पनि उनले गल्फलाई भने कहिल्यै छोडेनन। उनले गल्फ र आफ्ना कामलाई संगसंगै लगे

यति एयरलाईन्सका प्रवन्ध निर्देशक रहेका स्वर्गीय शेर्पा आफ्नो व्यापारिक कारोवारका सिलसिलामा दिनभरि जस्तो उनलाई व्यस्त हुनु पर्ने बाध्यता थियो। तर त्यस्तो ब्यस्त जीवनमा पनि उनले गल्फलाई भने कहिल्यै छोडेनन। उनले गल्फ र आफ्ना कामलाई संगसंगै लगे। खेल्दा खेलमा ध्यान केन्द्रीत गर्नु पर्छ। गल्फ खेल्दा दिनमा करिब ५ घण्टाजसो समय दिनु पर्दछ। उनले खेलकासाथै विभिन्न व्यापारिक भेटघाट, छलफलतथा फोनमा कुराकानी गर्न भ्याउँथे। उनलाई धेरैजसो टेलिफोन नम्बर कण्ठै थियो। फोनबुक नहेरि सिधै डायल गर्न सक्ने क्षमता राख्ने गरेका छिरिङले खेल्दाखेल्दै फोनबाटै कतिपय महत्वपूर्ण काम सल्टाउने गरेका थिए। मोबाईल फोन आएपछि उनलाई आउने फोनको रफ्तार अत्यन्त बढेकोतथा खेलसंगै उनले व्यापारिक काम समेत गर्ने गरेका थिए। उनि कतिपय मानिसलाई गल्फ मैदानमै भेटन बोलाएर काम सम्पन्न गर्ने गर्दथे। 

यो पनि पढ्नुहोस्

यती समूहका संस्थापक स्व. शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

उनि साथीहरुसंग कहिलेकांही पोखरा, धरानजस्ता ठाउँमा रहेका गल्फ मैदानमा समेत खेल्न जाने गर्दथे। उनि बेलाबखत विदेशमा समेत गल्फ खेल्न जाने गरेका थिए। साधारणतया नेपालीहरुले गल्फ २४ ह्याण्डीक्यापसम्म खेल्ने गरेका छन। मानिसको खेलमा सुधार हुदैं गएपछि ह्याण्डीक्यापको संख्या घटदै जाने गर्दछ। कोही व्यक्ति दशकौं खेल्दापनि २४ बाट २० ह्याण्डीक्यापभन्दा तल जान सक्दैनन। तर छिरिङले आफ्नो खेलमा उल्लेखनिय सुधार गरेका थिए। उनि पाँच छ ह्याण्डीक्यापसम्म खेल्ने अवस्थामा आफूलाई लगेका थिए।

पहिले त्रिभुवन विमानस्थल नजिकको रोयल नेपाल गल्फ क्लबमा खेल्ने गरेका छिरीङले गल्फमा रमाएकै कारण गोकर्ण फरेष्ट रिसोर्टमा लगानी गरी गोकर्ण रिसोर्ट गल्फ क्लब खोल्ने कार्यमा सकृयता जनाए। गोकर्णस्थित गल्फ मैदान नेपालकै उत्कृष्ट गल्फ मैदानमा पर्दछ। 

छिरिङले धेरै प्रतियोगिताहरु जितेका छन। पचासौं प्रतियोगितामा उनले बिभिन्न पुरस्कार पाएका थिए। उनिसगैं ७ वर्ष खेलेका आङदोर्जे शेर्पाले उनको खेल स्तरीय भएकोतथा सितिमिति नहार्ने क्षमताको भएको आफूले पाएको स्मरण गरे। गल्फ बाहेक उनि स्नुकरका पनि राष्ट्रिय स्तरका खेलाडी थिए।

छिरिङले गल्फ खेलका सिलसिलामा नयाँ पुस्तालाई पनि प्रेरणा दिने काम गर्दथे। रोयल नेपाल गल्फ क्लबमा चौकीदारका रुपमा बुवा काम गरेपनि गल्फमा रमाएकी प्रतिमा शेर्पालाई विभिन्न अवसर दिलाउन उनले सहयोग गरेका थिए। नेपालबाट अन्तराष्ट्रिय खेलाडीको पहिचान बनाएकी प्रतिमा अहिले अमेरिकाको क्यालिफोर्नियामा अध्ययनकासाथै गल्फ खेलमा पनि सक्रिय छिन। अन्य खेलाडीलाई पनि उनले ब्यक्तिगत तवरबाट सहयोग गरेका थिए।

यसैबीच यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा यही फाल्गुन २१ र २२ गते गल्फ प्रतियोगिता हुने भएकाे छ । यती एअरलाइन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता हुने भएको हो । यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व शेर्पाको दोस्रो स्मृतिमा हुन लागेको उक्त प्रतियोगितामा देशभरका करिव १ सय ५० खेलाडीले भाग लिने छन। पर्यटन व्यवसायी स्व। शेर्पाले नेपालमा गल्फमार्फत पर्यटन क्षेत्रमा गरेको थालनी, लगानी र योगदानलाई स्मरण गर्दै उक्त प्रतियोगिता आयोजना गर्न लागिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए। आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत् र व्यवस्थित बनाउँदै नेपालको सुदूरपश्चिमदेखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीय स्थलहरुमा प्रतियोगिता गर्दै लैजाने योजना लिईएको छ ।उक्त प्रतियोगितामा रजिस्टेशन शुल्कमार्फत संकलन भएको रकम सोही समय मै गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एयरलाइन्सले घोषणा गरेको छ । प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिलातर्फको विजेता र रनरअप, भेट्रानतर्फका विजेता, जुनियरतर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेस्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै ५ लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछन । अन्य विजेताहरुले यती समूहकै सञ्चालनमा रहेका कम्पनी तथा रिसोर्टहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । जसमा एअर डाइनेस्टी, हिमालय एअरलाइन्स, यति एअरलाइन्स, तारा एअर, यती माउन्टेन होम, मोक्ष रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, कसरा रिसोर्ट र केर एन्ड डाउनी रहेका छन् । 

प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै ५ लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछन । अन्य विजेताहरुले यती समूहकै सञ्चालनमा रहेका कम्पनी तथा रिसोर्टहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् । जसमा एअर डाइनेस्टी, हिमालय एअरलाइन्स, यति एअरलाइन्स, तारा एअर, यती माउन्टेन होम, मोक्ष रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, कसरा रिसोर्ट र केर एन्ड डाउनी रहेका छन् । टुर्नामेन्टको मुख्य आयोजकका रुपमा यती एअरलाइन्स र गोकर्ण फरेस्ट रिसोर्ट रहेका छन् स्वर्गीय शेर्पाले नेपालको पर्यटन विकास तथा प्रवर्ध्दनमा निकै महत्वपूर्ण योगदान दिएका थिए।


राजु सिलवाल

राजु सिलवाल


सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal