पहिलो एशियाली खेलकुदमा दौडने नेपालीको मूर्ति स्थापना गरिने


सन् १९५१ मा भारतको नयांदिल्लीमा सम्पन्न   प्रथम एशियाली खेलकुदमा सहभागी भएका धावक  स्व.  गजराज जोशीको ११औं स्मृति दिवसको अवसरमा नेपाल ओलम्पिक संग्रहालयले उहाँको अर्धकदको मुति निर्माण, जीवनी पुस्तक लेखन÷प्रकाशन, विशेष दिर्घा स्थापना र डिजिटल आर्काइभमा सुचिकृत गर्ने कार्यहरु गर्ने भएको छ ।

यस कार्यहरुका लागि संग्रहालयका सल्लाहकार तथा स्पोर्ट्स फर अल कमिशनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठको रोहवरमा संग्रहालयका संस्थापक÷अध्यक्ष क्षितिज अरुण श्रेष्ठ र स्व. जोशीका सुपुत्र मनिष जोशीबीच सहमति पत्रमा हस्ताक्षर भयो ।

स्व. गजराज जोशी वि.स. १९७९ गाइजात्राका दिन जन्म र २०६६ फागुन १६ गते निधन भएको थियो । उनले आफनो जीवनकालमा खेलकुद, शिक्षा, राजनैतिक र सामाजिक क्षेत्रमा  योगदान दिएका  थिए ।

संग्रहालयमा स्व. जोशी मुर्ति र विशेष दिर्घा कक्ष आउंदो २०७८ साल असार ९ गते ओलम्पिक डे का दिन अनावरण तथा जीवनी पुस्तक बिमोचन गरिने छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes