धनाढ्यले खेल्ने गल्फको पहुँच सर्वसाधारणसम्म पुग्दै


नेपालन्युज
बुधबार , १९ फाल्गुन , २०७७

नेपालमा गल्फ खेलको सुरुआत तत्कालिन राणाशासनकालमै भएपनि यसको विकास भने धेरै ढिला भएको पाईएको छ। नेपालमा सन् १९१७ मै गौचर गल्फ कोर्शको स्थापना भएको थियो। नेपालमा पहिलो गल्फ क्लबका रुपमा रोयल नेपाल गल्फ क्लब स्थापना भैसकेको थियो जसमा तत्कालिन राजपरिवारका सदस्यनै नेतृत्वमा रहेका थिए। पहिले रईसहरुको मात्र भनिने यो खेलमा अहिले सर्वसाधारणहरुको पनि पहुंच बढदै गएको पाईन्छ। 

यो पनि पढ्नुहोस्

खेलकुदको विकासमा आङछिरिङ शेर्पाको योगदान


विशेषगरी आर्थिकस्तर कमजोर हुनेहरुकालागि संचालन हुने गरेका विशेष प्रशिक्षणले पनि यस खेलमा सहभागी हुनेहरुको संख्या बढन गएको पाईएको छ। यहीं प्रशिक्षण लिएका खेलाडीहरुको अहिले अन्तराष्ट्रियस्तरसम्म पहँच पुगिसकेको छ भने यहाँका प्रशिक्षकनै विश्वका उत्कृष्ठ प्रशिक्षकको सूचिमा पर्न सफल भएका छन्।

यसैक्रममा पर्यटन ब्यबसायी स्वर्गीय आङछिरिङ शेर्पाले यस खेलमा कमजोर आर्थिक स्थिति भएकाहरुलाई यथासक्य सहयोग गरी यो खेलको विकासतथा विस्तारमा सक्रियता जनाएका थिए। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित रोयल नेपाल गल्फ क्लबबाटै उनले गल्फ खेल्न सुरु गरेका थिए। पछि आफ्नै गल्फ क्लब गोकर्ण फरेष्ट रिसोर्ट स्थापना भईसकेपछि पनि उनले रोयल नेपाल गल्फ क्लबसंगको सम्बन्ध अझ फराकिलो बनाउँदै गए। उनि हप्ताको ४ दिन गल्फ खेल्न यो क्लबमा जान्थे। उनले क्लबमा सदस्य बन्न नसक्ने क्षमता भएकालाई सघाउनेदेखि लिएर उपकरण समेत दिएर सहयोग गरेका थिए। यो क्लबको विस्तारतथा विकासकालागि उनको सहयोग महत्वपूर्ण मानिएको छ।

यो पनि पढ्नुहोस्

व्यस्त जीवनमा पनि ३० वर्ष निरन्तर गल्फ खेलेका आङछिरिङ

गल्फ प्रशिक्षक सचिन भट्टराई विश्वकै उत्कृष्ठ गल्फ प्रशिक्षकहरुमा पर्दछन। उनलाई सन २०२०–२१ को अवधिकालागि विश्वकै उत्कृठ १ सयजना गल्फ प्रशिक्षकहरुको सूचिमा समावेस गरिएको हो । आङछिरिङसंग प्रशिक्षक भट्टराईले करिब २० वर्षदेखि गल्फ मैदानमा विताएको क्षणको स्मरणमा गराउछन् । यसै विषयमा आधारित भएर नेपालन्युजकर्मी राजु सिलवालले गरेको कुराकानी:

यो पनि पढ्नुहोस्

गल्फ स्टार खेलाडी उत्पादनमा आङछिरिङको योगदान (भिडियोसहित)


राजु सिलवाल

राजु सिलवाल


सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal