हालान्डले कीर्तिमान बनाउँदा डर्टमण्ड क्वाटरफाइनलमा


जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब सेभियासँग २-२ गोलको बराबरीमा रोकिएपनि समग्रमा ५-४ को जित निकाल्दै डर्टमण्ड क्वाटरफाइनलमा पुगेको हो।

पहिलो लेगमा डर्टमण्डले सेभियालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो। तर, अर्लिङ हालाण्डले दुई गोल गरेपनि घरेलु मैदानमा डर्टमण्ड बराबरीमा रोकिन पुग्यो। खेलको ३५औं मिनेटमा हालाण्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।

खेलको ५४ औं मिनेटमा हालाण्डले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए। तर, दुई गोलले पछि परेको सेभियाले पुनरागमन गर्‍यो। खेलको ६९औं मिनेटमा युसुफ एन नासरीले पेनाल्टीमा गोल गर्दै सेभियालाई २-१ को स्थितिमा ल्याए।

त्यसपछि खेलको इन्जुरी समयमा युसुफले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-२ को बराबरीमा फर्काएका थिए। तर, अघिल्लो लेगको हारको कारण सेभिया प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिन पुग्यो। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes