एएफसी कप: श्रीलंका पुलिसमाथि आर्मी ५-१ ले विजयी


श्रीलंकाको पुलिस स्पोटर्स क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप–२०२१ प्लेअफको दोस्रो चरणमा पुगेको छ। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले २ गोल गर्दा सन्तोष तामाङ, टंकबहादुर बस्नेत र सुदिल राईले १–१ गोल गरे। श्रीलंका पुलिसका लागि इभान्स असान्टेले १ गोल गरे। 

खेलको पहिलो हाफमा २–१ गोलको अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । 

जितसँगै दोस्रो चरणमा पुगेको आर्मीले यही अप्रिल १४ गते भारतको बैंगलुरु फुटबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ। 

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल विजेता मछिन्द्र क्लबको एएफसी क्लब लाइसेन्स नहुँदा लिगको उपविजेता आर्मीले प्रतियोगिता खेल्न पाएको हो। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes