बायर्नको मैदानमा पीएसजीको जित


च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ।

बुधबार राति भएको खेलमा पीएसजीले साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे। मार्क्विन्होसले एक गोल थपे। बायर्नका एरिक म्याक्सिम मोटिङ र थोमस मुलरले एक एक गोल फर्काए।

बायर्नको मैदानमा तेस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। खेलको २८औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीको अग्रता २-० को बनाए।

खेलको ३७ औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई २-१ को स्थितिमा ल्याए। ६०औं मिनेटमा मुलरले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो।

तर, खेलको ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-२ को जित दिलाए । यस जितसँगै पीएसजीले बायर्नविरुद्ध गत वर्षको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ।

त सिजन पीएसजीलाई १-० गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको थियो। यो जितपछि पीएसजीले सेमिफाइनल पुग्ने सम्भावना समेत बलियो बनाएको छ । बायर्नले भने दोस्रो लेगमा पुनरागमन गर्नु पर्नेछ।

पीएसजीको मैदानमा हुने दोस्रो लेग अप्रिल १३ मा हुनेछ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes