फिफाद्वारा पाकिस्तानलाई निलम्बन


अन्तराष्ट्रिय फुटवल महासंघ फिफाले पाकिस्तानको सदस्यता निलम्बित गरी पाकिस्तान फुटबल महासंघको मुख्यालय खाली गर्न आदेश दिएको छ।

सन २०१९ देखि फिफाले नियुक्ति गरेका पदाधिकारीहरुले पाकिस्तानमा फुटबल महासंघ संचालन गरिरहेका थिए।  गत हप्ता पाकिस्तान फुटबल महासंघको लाहौर कार्यालयबाट वैधानिक चुनाव भएको दाबी गरेको समूहले फिफाबाट नियुक्त पदाधिकारीहरुलाई निकालेपछि ज्यूरिखको मुख्यालयबाट फिफाले  विज्ञप्तिमा निकालेर पाकिस्तान फुटबल महासंघ पिएफएफलाई अर्को सूचना नभएसम्म निलम्बित गरिएको जानकारी दिएको हो।

 

 फिफाले निलम्बन फिर्ता नलिएसम्म पीएफएफका प्रतिनिधिहरू र क्लब टोलीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पाउने छैनन।

 यसरि प्रतिबन्धको लगाईएपछि  पाकिस्तानले फिफा विकास कोषबाट लाखौं डलर प्राप्त गर्नबाट बन्चित हुनेछ।पाकिस्तान सरकारको हस्तक्षेपका कारण पाकिस्तान फुटबल महासंघ दुई पटक निलम्बनमा परिसकेको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes