मलेसिया १०९ रनमा आलआउट, करण केसीले लिए तीन विकेट


नेपालले मलेसियालाई १०९ रनमा अलआउट गरेको छ। टियु क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट प्रतियोगितामा मलेसिया १६.५ ओभरमा १०९ रन बनाएर आलआउट भएको हो। 

टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले तीन विकेट लिए। त्यस्तै सन्दीपले दुई र बाँकी सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, साहब आलम र कुशल मल्लले एक एक विकेट लिए।

यता १०९ रनको योगफल तयार पार्न मलेसियाका लागि सइद अजिजले २७ रन, सर्विनले २० रन र साफिकले १५ रन बनाएका थिए। केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ।

यसअघिको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो भने मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes