मलेसियाविरुद्ध नेपालको शानदार जित, कुशल बने नायक


नेपालले मलेसियाविरुद्ध ९ विकेटको विजय हात पारेको छ। टियु क्रिकेट मैदानमा ११० रनको लक्ष्य पछ्याएको नेपालले १२.१ ‌ओभरमै भेट्टाएको थियो। नेपालका लागि फेरि पनि कुशल भुर्तेल र आशिफ शेख नायक बनेका छन्।

उनीहरुले १०२ रनको शानदार इनिङ्स खेलेका थिए। आशिफ ११.१ ओभरमा ४२ रन बनाएर आउट भएका थिए। तेस्रो विकेटका लागि आएका दीपेन्द्र सिंह ऐरीले ६ रन बनाए। 

नेपालका लागि नायक बनेका कुशलले सर्वाधिक ६१ रन बनाएका थिए। उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए। 

यसअघि मलेसियाले १६.५ ओभरमा १०९ रन बनाएर आलआउट भएको थियो। टस जितेर फिल्डिङ रोजेको नेपालका लागि करण केसीले तीन विकेट लिएका थिए। त्यस्तै सन्दीपले दुई र बाँकी सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, साहब आलम र कुशल मल्लले एक एक विकेट लिए।

यसअघिको खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो भने मलेसिया नेदरल्यान्ड्ससँग पराजित भएको थियो।


 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes