आगामी ओलम्पिकलाई लक्षित गरी जापानमा खोप तिब्र


नेपालन्युज
सोमबार , १० जेष्ठ , २०७८

जापानले सोमबार टोकियो र ओसाकामा वृध्द व्यक्तिलाई कोरोना विरुध्दको खोप दिन सेनाका  डाक्टर र नर्सहरूलाई परिचालन गरेको छ। जापानले ओलम्पक सुरु हुनु भन्दा दुई महिना अघि खोप सबैलाई दिन र कोरोनाभाइरस संक्रमणलाई रोक्न कडा प्रयत्न गरेको छ।

 जापानका प्रधानमन्त्री योशीहाइड सुगा एक वर्ष ढिलाइ भएपछि टोकियोमा ओलम्पिक आयोजना गर्न कटिबध्द छन्। उनले शंकाको बाबजुद पनि जुलाईको अन्त्यसम्ममा अधिकाशं  पाकाहरुलाई खोप लगाईसक्ने महत्वाकांक्षी प्रतिबध्दता व्यक्त गरेका छन। सार्वजनिक सुरक्षाको चिन्ता गरिरहेका धेरै जापानीले आगामी जुलाई २३ तारिखदेखि सुरु हुने ओलम्पिकका खेलहरू रद्द गर्न आह्वान गरेका छन।

 सुगाको सरकारले भने कोरोना भाइरस विरुध्दको कदम कडा बनाएको छ।

टोकियोमा प्रति दिन १० हजार जना र ओसाकामा अर्को ५ हजार जनालाई खोप लगाईने लक्ष्य राखिएको छ।

 जापानले फेब्रुअरीको मध्यमा स्वास्थ्य कार्यकर्ताहरूलाई खोप दिन सुरु गरेको थियो। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal