नेयमार र लुकासको गोलमा ब्राजिल विजयी


नेपालन्युज
बुधबार , २६ जेष्ठ , २०७८

फिफा विश्वको छनोटमा ब्राजिलले अपराजित यात्रालाई कायम राखेको छ। दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार पाराग्वेलाई २-० गोल अन्तरले पराजित गर्दै ब्राजिलको अपराजित यात्रा कायम राखेको हो।

ब्राजिलको जितमा नेयमार र लुकास पाक्वेटाले एक-एक गोल गरे।

खेलको चौंथो मिनेटमा गाब्रियल जिससको पासमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा नेयमारको पासमा लुकासले गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए।

छनोटमा यो ब्राजिलको लगातार छैटौं जित हो। ब्राजिल ६ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। पाराग्वे ६ खेलमा ७ अंक जोडेर छैटौं स्थानमा रहेको छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal