युरोकपको उद्घाटन खेलमा इटाली र टर्की भिड्दै


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

युरोकप फुटबल प्रतियोगिताको १६औं संस्करण आजदेखि सुरु हुँदैछ। इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुँदैछ। 

टर्की र इटालीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे हुनेछ। ओलम्पिक स्टेडियममा हुने उद्घाटन खेलमा दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन्।

यस पटक युरोकप युरोपको विभिन्न देशको ११ सहरमा आयोजना हुँदैछ। प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना हुनेछ।

प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal