अष्ट्रेलियासँग खेल्ने नेपाली टिममा व्यापक खेलाडी परिवर्तन


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

विश्वकप छनौट खेलको आजको खेलमा नेपालले अष्ट्रेलियासँग सामना गर्दैछ । छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । उक्त खेलमा नेपालको पहिलो ११ सार्वजनिक भएको छ । जसमा ५ खेलाडी परिवर्तन गरिएको छ । जोर्डनविरुद्ध खेलेको नेपाली टिमबाट आज ५ खेलाडी परिवर्तन गरिएको हो ।

फरवार्ड अन्जन विष्ट आज बेन्चमा छन् भने नवयुग श्रेष्ठ पहिलो ११ मा छन् । अघिल्लो खेल खेलेका अन्जनसहित अभिषेक रिजाल, सन्तोष तामाङ, दिनेश राजवंशी आज बेन्चमा छन् भने विकास खवास चोटका कारण खेल्न नसक्ने भएका छन् । उनीहरुको स्थानमा नवयुगसहित सुनील बल, एरिक विष्ट, विशाल राई र गौतम श्रेष्ठ पहिलो रोजाईमा खेल्दैछन् । छनोटको समूह बी मा रहेको नेपालले यसअघि ७ खेल खेल्दा ५ खेल हारेको थियो भने २ खेल मात्र जितेको थियो ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal