नेपाल अष्ट्रेलियासँग ३-० गोलले पराजित


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८
नेपाल अष्ट्रेलियासंग शुन्यका विरुध्द ३ गोलले पराजित

नेपालले आज अष्ट्रेलियालाई शशक्त चुनौती दिदैं आफनो खेल देखाएको थियो। विश्व वरियताक्रममा ४१ औं स्थानमा रहेको अष्ट्रेलियासंग १ सय ७१ औं स्थानमा रहेको नेपालले खेलको अन्तिमसम्म चुनौती दिएको थियो। विश्वकप र एशियाली कप फुटबलको छनौट खेल अन्तर्गत कुवेतमा भएको 

नेपाल र अष्ट्रेलियाबीच आज भएको फुटबल प्रतियोगितामा सुरु देखिनै अष्ट्रेलियाले दवाव दिएको थियो। यसैक्रममा छैंठौं मिनेटमा गोल गर्न अष्ट्रेलिया सफल भएको थियो। अष्ट्रेलियाका कप्तान म्याथ्यु लेकीले पहिलो गोल गरेका थिए। यसैगरी अष्ट्रेलियाले दोश्रो गोल ३७ औं मिनेटमा गरेको थियो। सो गोल फ्रान कारासिचले गरेका थिए। मध्यान्तर हुनु अघि नेपाली डिफेण्डर रोहित चन्दलाई फल खेलेको आरोपमा रेफ्रीले रातो कार्ड देखाएपछि नेपली टिम १० जनामा सिमित हुन पुगेको थियो। मध्यान्तर पछि नेपालले एक मात्र गोल खाएको थियो। 

तर नेपालले अष्ट्रेलियालाई कडा चुनौतीका साथै थप गोल हुन नदिनु नेपालका लागि सफलता मानिएको छ।  १० जनामा सिमित नेपाली टिमको आजको खेलमा नेपाली कप्तान गोलकिपर किरण चेम्जोङले धेरै गोल बचाएका थिए। यसैगरी रक्षापङ्तिका खेलाडीले पनि शन्तोषजनक खेल खेलेका थिए। अर्जेण्टिना जस्तो शशक्त फुटबल टिमलाई हराउन सफल यही टिमलाई कडा टक्कर दिनु र धेरै गोल नखानु नेपाली टिमकोसफलता मानिएको छ। यसअघि नेपाल अष्टेलियासंग शुन्यका विरुध्द ५ गोलले पराजित भएको थियो।

 नेपालले यसपाली कुवेतमा ३ वटा छनौट खेल खेलेको थियो। यसअघिका खेलमा नेपालले चाईनिज ताईपेईलाई हराएको थियो भने जोर्डनसंग पराजित भएको थियो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal