ओमानसामु नेपालले प्रस्तुत गर्यो १९७ रनको चुनौती


नेपालन्युज
मंगलवार , २९ भाद्र , २०७८

आईसिसी वर्ल्ड कप लिग—२ अन्तर्गत ओमानलाई जितका लागिग नेपालले १९६ रनको लक्ष्य दिएको छ । ओमानमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा सबै विकेट गुमाएर एक सय ९६ रनमा समेटियो।

नेपालका आसिफ शेखले ९०, ज्ञानेन्द्र मल्लले २१ , करन केसीले २१ ,  रोहित पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए। कुशल भुर्तेल ०, विनोद भण्डारी ६, सोमपाल कामी ७ र कुशल मल्ल ४ रन जोडेर आउट भए।

ओमानका बिलाल खान एक्लैले ४ विकेट लिए। उनले ३४ औँ ओभरमा कुशल मल्ल र ३६ औँ ओभरमा आसिफ र विक्रम सोबलाई आउट गरेका थिए। कुशल भुर्तेललाई पनि बिलालले आउट गरेका थिए। करन र सुसन भारीबीच १० औँ विकेटका लागि २३ रनको साझेदारी भयो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal