उज्वेकिस्तान पुग्यो महिला फुटबल टोली


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो । 

तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल क्वारेन्टिनमा रहने छ । 

'खेलाडीहरुले लामो यात्रा तय गरेर आएका छन् । त्यसैले विश्राम जरुरी छ ।' मुख्य प्रशिक्षक ग्यारी फिलिप्स भन्छन् ।

फिलिप्सले क्वारेन्टिन अवधिमा टोलीले पूर्णतया विश्राम लिने बताए । समूह एफमा रहेको नेपालले २ असोजमा फिलिपिन्स तथा ५ असोजमा हङकङको सामना गर्नेछ । 

न्युज कारखाना 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal