विराट कोहलीले छाडे टी-ट्वान्टीको कप्तानी


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी-ट्वान्टी टिमको कप्तानी छाडेका छन्। कोहलीले बिहीबार सामाजिक संजालबाट टी-ट्वान्टी टिमको कप्तानी पद छाडेको बताएका छन्।

कोहलीले युएई र ओमानमा आयोजना हुने टी-ट्वान्टी विश्वकपपछि आफु टी-ट्वान्टीको कप्तान नहुने बताएका छन्। कोहलीले भारतीय टिमको तीनै फर्म्याटको कप्तानी गरिरहेका थिए।

अब कोहलीले एकदिवसीय र टेस्ट टिमको मात्र कप्तानी गर्ने छन्। अब रोहित शर्माले टी-ट्वान्टीको कप्तानी गर्ने बताइएको छ।

रोहित भारतीय टिमको उपकप्तान रहेका छन्। कोहलीको कप्तानीमा भारतले ६५ टेस्टमा ३८ जित निकालेको छ।

यस्तै ९५ एकदिवसीयमा ६५ जित निकाल्दा ४५ टी-ट्वान्टीमा २९ जित निकालेको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal