ओमानविरुद्ध नेपालले पहिले बलिङ गर्ने, २ खेलाडी परिवर्तन


नेपालन्युज
आईतवार , ०३ आश्विन , २०७८

आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले केहीबेरपछि ओमानसँग खेल्दैछ । यसअघि लगातार दुई खेलमा पराजित भएको नेपालले आज नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालले टस जित्दै बलिङ गर्ने निर्णय गर्दै ओमानलाई ब्याटिङको निम्तो दिएको छ ।

नेपालको प्लेइङ सेटमा आज दुई खेलाडी परिवर्तन गरिएको छ । ब्याटिङमा फ्लप कुशल मल्ल र अघिल्लो खेलमा अमेरिकाविरुद्ध डेब्यू गरेका गुल्शन झा आज बेन्चमा छन् भने उनीहरुको स्थानमा शरद भेष्वाकर र आरिफ शेख पहिलो रोजाईँमा खेल्दैछन् ।

शरद र आरिफले ओमानमा लिग २ सिरिजमा पहिलो खेल खेल्न लागेका हुन् ।

आरिफ र शरद दुवैले लिग २ को सिरिजअघि पपुवा न्यु गिनी विरुद्धको पहिलो खेल खेलेका थिए । त्यसपछि पपुवा न्यु गिनी विरुद्धको दोस्रो खेल र लिग २ को ३ खेल गरी चार खेलमा बेन्चमै रहे ।

सिरिजमा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यसपछि ओमानसँग र अमेरिकाँग भने हार बेहोर्‍यो ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal