करन केसीले लिए नेपालका लागि ३ विकेट


नेपालन्युज
आईतवार , ०३ आश्विन , २०७८

ओमानमा जारी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा अहिले नेपाल र ओमानको खेल जारी रहेको छ ।  

टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको नेपालले राम्रो सुरुवात गरेको छ। ओमानले ९ ओभरमा ३ विकेट गुमाएर ३० रन जोडेको छ। प्रारम्भिक ब्याट्सम्यान जतिन्दर सिंह १३ रनमा आउट भए। उनले नेपालविरुद्धको पहिलो खेलमा एक सय ७ रन जोडेका थिए।

ओमानले ३० रन जोड्दा करनले अर्का ओपनर सुफ्यान मेहमुदलाई व्यक्तिगत ४ रनमा आउट गरे। यस्तै आयान खान पनि ७ रन बनाएर आउट भएका छन् । तीनजनालाई नै करन केसीले आउट गरेका हुन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal