ओमानविरुद्ध करन र सन्दीपको आक्रामक बलिङ, १४ ओभरमा लिए ६ विकेट


नेपालन्युज
आईतवार , ०३ आश्विन , २०७८

ओमानविरुद्ध टस जितेर पहिले बलिङ गरिरहेको नेपालले आक्रामक रुपमा बलिङ गरिरहेको छ । ओमानमा जारी विश्वकप लिग(२ क्रिकेटअन्तर्गत भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो अन्तिम खेलमा १४ ओभरको समाप्तीमा नेपालले ६ विकेट लिएको छ । नेपालका लागि करन केसी र सन्दीप लामिछानेले ३—३ विकेट लिएका हुन् । 

ओमानले १४ ओभरमा ६ विकेट गुमाएर ४३ रन जोडेको छ। करन केसी र सन्दीप लामिछानेले तीन तीन विकेट लिएका छन्।  प्रारम्भिक ब्याट्सम्यान जतिन्दर सिंह १३ रनमा आउट भए। उनले नेपालविरुद्धको पहिलो खेलमा एक सय ७ रन जोडेका थिए।

यसपटक ओमानले १८ रन जोड्दा जतिन्दरलाई करन केसीले आउट गरे। ओमानले ३० रन जोड्दा करनले अर्का ओपनर सुफ्यान मेहमुदलाई व्यक्तिगत ४ रनमा आउट गरे। सोही स्थितीमा उनले आयान खानलाई पनि व्यक्तिगत एक रनमा आउट गरेका थिए। सन्दीपले आफ्नो सुरुका २ ओभरमा ३ विकेट लिएका हुन्। १३ औँ ओ‌भरमा उनले लगातार २ विकेट लिएका थिए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal