नेपालले ओमानलाई ३७ ओभरमा अलआउट गर्यो, जितका लागि पायो १२२ रनको लक्ष्य


नेपालन्युज
आईतवार , ०३ आश्विन , २०७८

ओमानमा जारी विश्वकप लिग २ अन्तरगत भइरहेको त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रििय क्रिकेटमा नेपालले ओमानलाई ३७ ओभर १ बलमा अलआउट गरेको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले ओमानलाई सुरुबाट नै दबावमा राखेको थियो । नेपालका करन केसी र सन्दिप लामिछाने चम्किँदा ओमान १२१ रन बनाएर अल आउट भयो । 

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ४ विकेट लिए। शरद भेषावकरले २ विकेट आफ्नो नाममा गरे। ओडिआइ क्रिकेटमा शरदले पहिलो विकेट लिएका हुन्। ओमानले १४ ओभरमा नै ६ विकेट गुमाइसकेको थियो। 

८ ओभर बलिङ गरेका करणले १ मेडन राख्दै २५ रन खर्चे। ८ दशमलव १ ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै १८ रन खर्चे। 

शरद भेषावकरले ६ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर २ विकेट लिए। 

नेपालले दोस्रो ओभरको चौथो बलमा नै पहिलो विकेट झार्न सफल भएको हो। 

ओमानका तिन ब्याट्सम्यानले मात्र दोहोरो अंकको स्कोर छुन सके। कप्तान जेशन मक्सुदले जोडेको ४१ रन नै ओमानका लागि सर्वाधिक रह्यो। ओपनर जतिन्दर सिंह १३, नसिम खुसीले १२ र कलिमुल्लाहले ११ रन बनाए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal