राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले उदयपुरको चौदन्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ । आज भएको खेलमा पुलिसले चौदन्डीगढी नगरपालिकालाई ६–० ले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसलाई जित दिलाउन रेखा पौडेल र सिर्जना खड्काले २÷२ गोल गरे । यस्तै, अमृता जैशी र निर्मला विकले एक÷एक गोल गरे ।
जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । पुलिस तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित चौदन्डगढी पहिलो खेलमा नै पराजित हुन पुगेको हो ।