'भजन गाउँदा शरीरमा सकारात्मक सन्देश प्रवाह हुन्छ' [भिडियो वार्ता]


भजन गायक प्रमोद पाण्डेले भजन गाउँदा शरीरमा सकारात्मक सन्देश प्रवाह हुने बताएका छन्। महाशिवरात्रीका अवसरमा नेपालन्युजको स्टुडियोमा आज गायक पाण्डेले उमेर ढल्केपछि मात्र भजन गाइने धारणाप्रति फरक मत प्रस्तुत गर्दै भगवानप्रति भक्ति भाव प्रकट गर्न जोकोहीले पनि सक्ने कुरा स्पष्ट पारे।

गायक पाण्डेले २०४२ सालमा रेडियो नेपालमा पहिलोपटक भजन रेकर्ड गराएका थिए। हालसम्म उनका कयौं भजन रेकर्ड भइसकेका छन्, जसमध्ये धेरैजसोको म्युजिक भिडियो विभिन्न टेलिभिजनबाट प्रसारण हुने गरेका छन्।

यस्ता रेकर्डिङका लागि उनले व्यक्तिगतरुपमा समेत लगानी गरेका छन्। विभिन्न धार्मिक कार्यक्रममा समेत उनले भजन गाउने गरेका छन्। शिवरात्रीको उपलक्ष्यमा गायक पाण्डेकै आवाजमा केही शिव भजन सहितको भिडियो:


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes