खतरनाक हिमाल केटुमा गएका सबै नेपाली फिर्ता


केटु हिमाल

विश्वको दोश्रो सर्वोच्च शिखर केटु हिमाल सफल आरोहण गरेका नेपाली आरोही सोना शेर्पा नेपाल फर्केका छन। अन्य ९  जना नेपाली आरोही सहित उनि गत माघ ३ गते केटु हिमालको शिखरमा पुगेका थिए। त्यतिखेर आरोहीहरु शिखरभन्दा १० मिटर तल एकसाथ जम्मा भएर राष्ट्रिय गीत गाउँदै चुचुरोमा पुगेका थिए।

अन्य नेपाली आरोहीहरुलाई काठमाडौं र पोखरामा भब्य सम्मान गरिएको थियो। तर हिमालमा अन्य ब्यबस्थापन मिलाउनकालागि आरोही सोना शेर्पा अन्य सहयोगीहरुका साथ पाकिस्तानमै रहेका थिए। हिमाल सम्बन्धि सम्पूर्ण ब्यबस्थापन मिलाई उनि र अन्य नेपाली सहयोगीहरु हिजो राती काठमाडौं फर्केका हुन। खतरनाक हिमाल मानिएको केटुको शिखरमा १० जना नेपाली आरोहीहरु पहिलो पटक हिंउदमा पुगेर विश्व किर्तिमान राख्न सफल भएका थिए। यसपाली केटु हिमालमा  बिभिन्न मुलुकका ३ जना आरोहीको मृत्यू भएको थियो भने पछिल्लो पटक यसै हिमालमा आरोहणकोक्रममा हराएका पाकिस्तानी सहित  ३ जना आरोहीको हालसम्म कुनै पत्तो लाग्न सकेको छैन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes