नेपालमा राती साढे १२ बजेपछि उडान नहुने ब्यबस्था गर्न लागिएको छ।
कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडानको संख्यामा अत्यधिक गिरावट आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले राति ३ बजेसम्म खुला राख्दै आएको सेवालाई अढाई घण्टा घटाउने लागिएको छ। । अहिले अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि मध्यरात ३ बजेसम्म २१ घण्टा सञ्चालनमा छ ।
अन्तर्राष्ट्रिय उडान संख्या नबढेकाले विमानस्थल व्यवस्थापनले चैत १५ देखि विमानस्थल राति साढे १२ बजेपछि बन्द गर्ने निर्णय गरिएको हो। अब मध्य राति काठमाडौंबाट दोहा, दुबई र जापानको नारिता उडान गर्ने क्रमशः कतार एयर, हिमालय एयरलाइन्स, एयर अरेबिया र नेपाल वायुसेवा निगमले आफ्ना रात्रिकालीन उडानको समय सार्नुपर्ने भएको छ ।
कोरोना महामारीअघि दैनिक दुईतर्फी ८० हाराहारी उडान हुँदै आएकामा अहिले दैनिक ३० हाराहारी मात्रै अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । नेपालसहित १५ मुलुकका ३० वटा वायुसेवाले विभिन्न २१ वटा अन्तर्राष्ट्रिय गन्तव्यका लागि उडान अनुमति लिएका छन् । तर १४ वटा वायुसेवाले नियमित उडान थालिनसकेको छन।