थाईल्याण्डमा पहिलो पटक भिल्ला क्वारेण्टाईनमा रहनकालागि ७० जना पर्यटकहरु प्रवेश गरेका छन। कोरोना भाईरसको संक्रमणको डरका कारण उनिहरु फुकेतस्थित भिल्लामा आवासिय रुपमा रहने थाईल्याण्डको सरकारी प्रवक्ताले जानकारी दिएका छन। यसरी थाईल्याण्ड पुगेका धनी पर्यटकहरुमा ब्राजिल, क्यानडा, फ्रान्स, डेनमार्का, युक्रेन र अमेरिकाका छन। उनिहरु चार्टर बिमानद्वारा ईण्डोनेशियाबाट त्यहाँ पुगेका थिए। थाईल्याण्डमा पर्यटकहरु १४ दिन क्वारेण्टाईनमा बस्नु पर्ने नियम अनुसार पहिलो ५ दिन उनिहरु होटलकै कोठामा बस्नेछन। त्यसपछि उनिहरुले होटल क्षेत्रभित्र भएका अन्य सुबिधाको उपभोग गर्न सक्नेछन। यदि यस प्रकारको क्वारेण्टाईन सफलतापूर्वक संचालन भएमा पर्यटनको नयाँ क्षेत्रमा प्रवेश गर्न सकिने पर्यटनसंग सम्बन्धित थाई अधिकारीले जनाएका छन।