विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटु हिमाल आरोहण गर्ने सदस्यहरुलाई नेपाली सेनाले सम्मान गरेको छ ।
सैनिक मुख्लायमा आयोजित कार्यक्रममा बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाले आरोही दलका सदस्यहरुलाई कदरपत्र प्रदान गरेका हुन् । उक्त टोलीले माघ ३ गते माउन्ट केटुको सफलतापूर्वक आरोहण गरेका थिए ।
पाकिस्तानमा रहेको उक्त हिमालको उचाई ८ हजार ६११ मिटर रहेको छ । सो अवसरमा आरोहण दलका टिम लिडर निर्मल पुर्जाले मगरले आरोहणको दौरान मृत्युलाई चुनौती दिँदै माउन्ट केटुको सफलतापूर्वक आरोहण गरेको बताए ।