सरकारले माउन्टेन गाइडलाई विश्वभर बदनाम गरेको छ : अध्यक्ष शेर्पा [भिडियो वार्ता]


नेपालन्युज
बिहीबार , १३ फाल्गुन , २०७७

सरकारले माउन्टेन गाइड (पर्वतारोहण पथ प्रर्दशक)लाई लाइसेन्स दिने तयारी थालेको छ। मापदण्ड र आधारमा बिनै सरकारले जथाभाबी लाइसेन्स दिने तयारीसँगै माउन्टेन गाइडको विश्वभरि बदनाम हुन थालेको छ।

माउन्टेन गाइड बन्न विभिन्न मापदण्डहरु तोकिएको र ती मापदण्ड पूरा गरेपछि मात्र गाइडको पदवी र मान्यता पाउने गरेको भन्दै सरकारले जथाभाबीरुपमा लाइसेन्स दिने तयारी थाल्नुले विश्वमै बदनाम भएको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघका अध्यक्ष आङनुर्वु शेर्पाको पनि आरोप छ।

'झोला बोकेर हिँड्दैमा माउन्टेन गाइड बन्न सकिँदैन, यसका आधारहरु पूरा नगरी लाइसेन्स दिए संसारका आरोहीहरुले सरकारप्रति हेर्ने दृष्टिकोण गलत बन्‍छ,' उनले भने।

भिडियो वार्ता हेर्नुस्:-

उनले सरकारले दिएको लाइसेन्स सिरानीमा राख्न नभएर विश्वभरि मान्यता पाउनुपर्नेमा दुईमत नरहेको बताए। तर गाइडले चुचुरोमा पुर्‍याएको सगरमाथा आरोही र नेपाल पर्वतारोहण संघले दिएको कार्डकै भरमा सबैलाई लाइसेन्स दिनु सतप्रतिशत गलत भएको उनी बताउँछन्। 'यसले राज्यलाई ठूलो घाटा र धोका हुने छ,' उनले भने।

नेपालको पर्यटन क्षेत्रमध्ये गुणस्तर पर्यटन भित्रिने र मुख्य हिस्सा ओगट्ने क्षेत्र पर्वतीय पर्यटन हो। हामीले जथाभाबीरुपमा गाइडको लाइसेन्स प्रदान गर्दा संसारभरिका आरोहीहरुले माउन्टेन गाइडलाई हेर्ने दृष्टिकोण गलत बन्ने उनको भनाइ छ।

'सबै आरोही गाइड बन्न सक्दैनन्, किनकि यसको मापदण्ड हुन्‍छ, त्यो पालना पनि गर्नुपर्छ। तबमात्र अन्तराष्ट्रिय संस्थाले मान्यता दिन्छ र त्यो गाइड संसारभरिका हिमालमा गाइड गर्न अनुमति पाउँछ,' उनले भने।

नेपालले सन् २०११ मा इन्टरनेशनल फेडेरेसन अफ माउण्टेन गाइड एसोसिएसनको सदस्य लिएको थियो। सदस्य बन्नेमध्ये नेपाल साउथ एसियाको पहिलो राष्ट्र हो र एसियामा नेपाल र जापनमात्र रहेको छ।

हालः भारत र चीनलाई पर्वतारोहणसम्बन्धी तालिम नेपाली गाइडले नै दिने गर्छन्। 'नेपाल हिमालै हिमाल भएको देश भएकाले माउन्टेन गाइडको मान्यतासमेत बढी तर मापदण्ड पूरा नगरेकाहरुलाई गाइडको लाइसेन्स दिँदा यसको महत्व कम घट्दै जान्छ। त्यसैले सरकारले मापदण्ड विपरीत लाइसेन्स दिन बन्द गर्नुपर्छ,' उनी भन्छन्।

माउन्टेन गाइडहरुको अन्तर्राष्ट्रिय छाता संगठन इन्टरनेशनल फेडेरेसन अफ माउन्टेन गाइड एसोसिएसनमा हालः करिब ८ हजार जना माउन्टेन गाइड रहेको तथ्यांकमा उल्लेख छ।

यसको सदस्यको रुपमा रहेको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघमा भने ७० जना माउन्टेन गाइड छन्। संसारभरि २६ वटा देशमा हिमाल रहेको छ, तीमध्ये २२ वटा देशहरुको सहभागितामा हिमालमा पथ प्रर्दशक बन्नका लागि मापदण्डहरु तोकेर माउन्टेन गाइड उत्पादन गर्ने गरेको छ, यो गाइडले विश्वव्यापी मान्यता पाउने गरेका छन्। देशहरुबाट उत्पादित माउन्टेन गाइडहरु हालः करिब ८ हजार जनामात्र रहेको फेडेरेसनको तथ्यांकमा उल्लेख छ।

यस्तो छ गाइड बन्ने मापदण्ड

माउन्टेन गाइड बन्नका लागि आधारभूत र एडभान्स उच्च पर्वतारोहण र उद्धारसम्बन्धी ७ हजार मिटर माथि अनिवार्य छ। आधारभूत पर्वतारोहण तालिममा ग्लेसियरमा हिँड्ने, रक, आइसमा हिड्ने सिकाउने, हिउँ बञ्चरो चलाउने, एल्टीच्यूट खप्न सक्ने, टीम व्यवस्थापन, क्राम्पोन प्रयोग गरी हिड्न सिकाउने गरिन्छ।

एडभान्स तालिममा कम्पास, नक्सा र जिपिएसको सहयोगले ट्रयाकिङ गरी बाटो पक्ता लगाउने, हिमालमा नेतृत्व गर्ने, हिमालमा प्रबिधिक ज्ञान कसरी लिने र डोरी आफै टाँग्न सक्ने बनाइन्छ। ७ हजार मिटर आरोहण गरिसकेपछि माउन्टेन गाइडका लागि योग्य उम्मेदवार हुने छ।

मापदण्डमा सबै सामाग्री प्रयोग गरी आरोहण गर्न सक्नु पर्ने हुन्छ, त्यस पछि प्रवेश परीक्षा बाट हिउँद र बर्षामा हिमाल आरोहण सम्बनि्ध फरक बिषयमा काम गर्नु पर्ने हुन्छ। यदि २ वर्ष सम्म काम नगरे राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक (माउन्टेन गाइड) बन्न पाउदैन र त्यो व्यक्ति खारेजीमा पर्छ। माउन्टेन गाइड बन्न कमि्तमा ५ वर्ष नियमीत लागि पर्नु पर्ने हुन्छ र यसका लागि ५० लाख बढी खर्चे हुने गरेको छ।


छेटु शेर्पा


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal