यसपालीको वसन्तऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विभिन्न मुलुकका आरोहण दलको संख्या बढिरहेको छ। हालसम्म विभिन्न ३१ वटा टोलीले आरोहण अनुमति लिईसकेको पर्यटन विभागले जनाएको छ। यसरि अनुमति लिने आरोहण टोलीमा कूल १ सय ९२ जना पुरुष र ६५ जना महिलागरी २ सय ५७ जना आरोहीहरु रहेका छन। विगत वर्षहरुमा जस्तै यसपालीपनि सबैभन्दा बढी आकर्षण सगरमाथामा रहेको छ। हालसम्म १४ वटा टोलीले सगरमाथाको आरोहणकालागि स्विकृति लिईसकेका छन। जसमा पुरुषतथा महिलागरी १ सय ३८ जना आरोहीहरु रहेका छन।
नेपाल सरकारकले हालसम्म आरोहण टोलीहरुबाट १९ करोड ५३ लाख ७७ हजार ९ सय ५९ रुपैंया राजस्व संकलन गरिसकेको छ।
आरोहणका लागि अनुमति दिनेक्रम अझै जारी छ।