विश्वको सर्वोच्च शिखर सगरमाथा २५ पटक आरोहण गर्ने क्रममा रहेका नेपाली आरोही कामीरिता शेर्पाले आफ्नो गृह क्षेत्रमा बालबालिकालाई पोशाक प्रदान गरेका छन। उनले आफ्नो घर रहेको थामेस्थित थामे आधारभूत विधालयका विधार्थीहरुलाई ज्याकेट प्रदान गरेका छन। यसअघि पनि उनले त्यहाँ यसैप्रकारको सहयोग गरेका थिए।
बिभिन्न पटक विश्व किर्तिमान राख्न सफल नेपाली आरोही यसपालीको बसन्त ऋतुमा बहराईनको राजकुमार सम्मिलित टोलीमा रहेका छन। सन १९९४ देखि सगरमाथाको आरोहण गर्दै आईरहेका कामीरिताले वर्षेनीजसो सगरमाथा चढदै आएका छन।
विधार्थीहरुलाई ज्याकेट प्रदान गरेकोमा आरोही शेर्पालाई थामे आधारभुत विधालय व्यवस्थापन समितिले हार्दिक धन्यवाद ज्ञापन गर्दै निकट भविष्यमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको छ।