यसपालीको बसन्तऋतुमा नेपालमा हिमाल आरोहणका लागि विभिन्न मुलकका आरोहीहरुद्वारा अनुमति लिनेक्रम जारी रहेको छ। नेपालका विभिन्न हिमाल आरोहण गर्न जाने टोलीहरुको संख्या ३६ पुगेको छ। नेपालमा रहेका हिमालहरुमा बिगत वर्षहरुमा जस्तै यसपाली सबैभन्दा बढी चाप सगरमाथामा छ। हालसम्म सगरमाथा आरोहणका लागि विभिन्न मुलुकका १७ वटा टोलीले अनुमति लिईसकेका छन। पर्यटन विभागका अनुसार यसपटक हिमालमा जानेहरुमा २ सय २३ जना पुरुष र ७३ जना महिलागरी कूल २ सय ९६ जना छन।
नेपाल सरकारले हिमाल आरोहणमा जान चाहने टोलीबाट कूल २२ करोड ७७ लाख राजस्व संकलन गरिसकेको छ।