हिमाल आरोहणका लागि अनुमति लिनेहरुको संख्या उल्लेखनिय


यसपालीको बसन्त ऋतुमा नेपालका बिभिन्न हिमालमा आरोहण गर्न अनुमति लिने टोलीको संख्या ७१ पुगेको छ।

सगरमाथा सहित १६ वटा हिमालमा विश्वका विभिन्न टोलीले आरोहण गर्नेछ। यसपटक सबैभन्दा बढी चाप सगरमाथामा रहेको छ। पर्यटन विभागले आज प्रकाशित गरेको विज्ञप्ति अनुसार सगरमाथामा २ सय ६६ जना पुरुषतथा ८४ जना महिलागरी ३सय ३८ जनाले आरोहणको प्रयास गर्दैछन।

 सगरमाथा आरोहणका लागि अनुमति लिने पर्वतारोहण टोलीको संख्या ३६ वटा पुगेको छ। सगरमाथापछि ल्होत्से हिमालमा बढी चाप रहेको छ। ल्होत्सेमा ११ वटा टोलीमा ८१ जना पुरुष र २३ जना महिलागरी १ सय ४ जनाले आरोहण गर्दैछन। अन्नपूर्ण र धवलागिरी हिमालमा चार चार वटा टोली रहेका छन भने नुप्सेमा ३ , आमादब्लम र मकालुमा दुई दईवटा आरोहण टोली छन। यसैगरी मनास्लु, तेङ्ग्कापोछे,बरुन्त्से, हिमलुङ,मुस्ताङ, पुमोरी, सरिबङ, तिलिचो र टुकुचेमा एक एक वटा आरोहण टोलीले प्रयास गर्दैछ।

नेपाल सरकारले हालसम्म हिमाल आरोहणलाई दिएको अनुमति पत्रबाट कूल ४५ करोड १९ लाख ५५ हजार रुपैंया राजस्व संकलन गरिसकेको छ।।


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes