नेपालमा हिमालमा चढन अनुमति लिनेहरु बढे


 

बसन्त ऋतुमा नेपालका हिमालहरुमा आरोहीहरुले सफलता प्राप्त गरेको समाचार धमाधम आईरहेका छन भने हिमाल आरोहणका लागि अनुमति लिनेहरु पनि बढिरहेका छन।

हाल सम्म बिभिन् हिमाल आरोहणका लागि ७३ वटा टोलीहरुले अनुमति लिएका छन। यी टोलीमा ५ सय ६ जना पुरुषतथा १ सय ४८ जना महिलो गरी ६ सय ५४ जना पुगेका छन। नेपाल सरकारले हिमाल आरोहण टोलीबाट कूल ४८ करोड ७७ लाख २३ हजार रुपैंया राजस्व संकलन भैसकेको छ।

 विभिन्न मुलुकका आरोहण टोलीहरुले सबैभन्दा बढी विश्वको सर्वोच्च शिखर सगरमाथालाई प्राथमिकता दिएको देखिएको छ। सगरमाथामा आरोहण अनुमति पाउने टोली ३८ वटा पुगिसकेको छ। जसमा २ सय ७९ पुरुषतथा ८७ जना महिलागरी ३ सय ६६ जना आरोहीहरु छन।

दोश्रो चाप ल्होत्से हिमालमा ११ वटा टोली पुगेको छ। यस हिमालमा ८१ जना पुरुष र २३ जना महिलागरी १ सय ४ जना आरोहीहरु छन। यस्तै अन्नपूर्ण र  धवलागिरीमा चार चारवटा टोली छन। अन्नपूर्ण हिमालमा पहिलो पटक नेपाली महिलाहरुले सफलता प्राप्त गरिसकेका छन। यस हिमालमा आरोहणका लागि ३६ जना पुरुष र ८ जना महिलागरी ४४ जनाले आरोहण अनुमति पाएका थिए। यस्तै धवलागिरीमा १९ जना पुरुष र ११ जना महिलाले आरोहणको प्रयास गर्दैछन। नुप्से हिमालमा ३ वटा टोलीमा १९ जना पुरुष र ४ जना महिलागरी २३ जना छन। आमादब्लम र  मकालु हिमालमा दुई दुई टोली छन भने मनास्लु,तेङकाङगपोचे,बरुन्त्से,हिमलुङ,मुस्ताङ,पुमोरी,सरिबुङ्ग,तिलिचो र टुकुचेमा एक एकवटा आरोहण टोली रहेका छन।

 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes