यति एयरलाइन्सकाे आजका सबै उडान यथावत


अग्रणी हवाई संस्था यती एयरलाइन्स र तारा एयरले आजको लागि पूर्वनिर्धारित सम्पूर्ण उडानहरु यथावत रहेको जनाएको छ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा संचालकहरुबीचको छलफलपछि उडान सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रत्येक २० मिनेटमा एउटा उडानको कोटा तय गर्दा यतीले १० वटा मात्र उडान गर्ने कोटा पाएको थियो । 

हिजै साँझको मन्त्रीपरिषदको बैठकले सोमबार राति १२ बजेपछि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेसँगै यात्रुको सुविधालाई ध्यानमा राखेर आज निर्धारित सम्पूर्ण उडान तालिका यथावत रहेको यती एयरलाइन्सले जनाएको छ। साथै उडानका लागि यथाशीघ्र सम्पर्क गर्न पनि यात्रुहरुलाई आह्वान गरेको छ। यती एअरलान्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार भोलिदेखि सम्पूर्ण उडानहरु बन्द हुने भएपछि यात्रुबाट आज उडान भर्ने माग बढेकोले उनीहरुको सुविधालाई मध्यनजर गर्दै उडान सुरक्षा र स्वास्थ्य मापदण्डलाई अनुसार सम्पूर्ण उडानहरु यथावत गरेको हो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes