बौद्ध स्तुपा परिषर मर्मत (फोटो फिचर)


नेपालन्युज
बुधबार , १९ जेष्ठ , २०७८

विश्व सम्पदा सूचिमा सुचिकृत काठमाडौँको बौद्ध स्तुपाको परिषर मर्मत गर्न थालिएको छ । लामो समय देखि मर्मत विहिन बनेको स्तुपालाई आर्थिक वर्ष समाप्त हुन लागेको अवस्थामा बजेट सक्ने गरी मर्मतको काम शुरु गरिएको पाइएको छ । बौद्धनाथ क्षेत्र विकास समिति र मेलाम्ची घ्याङ  गुठीले आफ्नो मातहतको भन्दै दावि गर्दे पर्यटक र अन्य शुल्क संकलन गर्ने गरे पनि मर्मत र थप व्यवस्थापनको पक्षमा भने कुनै काम गर्न सकेको छैन ।

असुलीमा कुरा नमिल्दा यि दुई संस्था विच विवाद हुदै आएको छ भने मर्मतसँगै दिगो विकासका योजना बनाउन भने कुनै पनि चासो नदेखाउदा स्थानीयबासीहरु आक्रोसित बन्ने गरेको पाइन्छ । यहाँ मुख्य प्रवेशद्वारमा छेकबार लगाएर बाटामा ढुङगा विछ्याउने काम गरेको छ । तर युनेस्कोले न्युनतम आधारहरु मासिदै गएको भन्दै कुनै पनि विश्व सम्पदाको सूचिबाट हटाउन सक्ने चेतावनी दिएको छ । चारैतीरबाट घरले घेरिएको स्तुपा पछिल्लो समय वरीपरि पानी जमेर पोखरी बन्ने गरेको छ ।

'यि लगायतका अन्य दिर्घकालिन योजनाहरु बनाउन सकेको छैन । सडकसँगै रहेका घरहरु हटाएर सडकबाट स्तुपा देखिने र फराकिलो क्षेत्र बगैचा र पर्यटकका लागि शौचालयको व्यवस्था गर्नु पर्ने मुख्य रहेको पाइन्छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal