अध्यागमन विभागले स्थगित गरेका सम्पूर्ण सेवाहरु भोलि देखि सुचारु हुने


नेपालन्युज
बिहीबार , १७ असार , २०७८

अध्यागमन विभागले स्थगित गरेका सम्पूर्ण सेवाहरु भोलि देखि पूर्ववत सुचारु हुने

अध्यागमन विभागले स्थगित गरेका सम्पूर्ण सेवाहरु भोलि असार १८ गतेदेखि पूर्ववत रुपमा सुचारु हुने भएको  छ।

२०७८ साल बैशाख १५ गते सम्म नेपालको बैध भिसा भएका विदेशीको हकमा असार २४ गते भित्र नेपालबाट प्रस्थान हुने भएमा प्रस्थानको समयमा अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नै निशुल्क भिसा नियमित गरिने भएको छ। नेपालमा रहन चाहने विदेशीले भिसा नियमित गर्नका लागि अध्यागमन विभाग वा अन्तर्गतका कार्यालयहरुमा आवेदन गरेमा विलम्ब शुल्क र जरिवाना नलिई भिसा नियमित गरिने छ। असार २४ गते पश्चात भिसा नियमित गर्न आउने र नेपालबाट प्रस्थान गर्ने विदेशीको हलमा निममानुसार भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्ने भएको छ।

प्रचलित अध्यागमन कानूनमा रहेको प्रावधानमा एक भिसा वर्षमा पर्यटक भिसामा १ सय ५० दिनसम्म मात्र बस्न सकिने व्यवस्था रहेको र निषेधाज्ञाको अबधि सो १ सय ५० दिनमा गणना नहुने भएकोले निषेधाज्ञाको अवधि थप गरी यस वर्ष भिसाका लागि २ सय १० दिनसम्म बस्न सकिने गरी कायम गरिएको पनि बिभागले जनाएको छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal