रात्रिकालिन व्यवसाय संचालनमा ल्याउन माग


नेपालन्युज
बुधबार , १६ भाद्र , २०७८

ठमेल पर्यटन विकास परिषद्ले रात्रिकालिन व्यवसाय संचालनमा ल्याउन अनुमति प्रदान माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणा सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

रात्रिकालिन मनोरञ्जन क्षेत्र ठप्प हुँदा यस व्यवसायमा आश्रीत ५०औँ हजार मजदुरहरू रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना भएको भन्दै ज्ञापन पत्र बुझाईएको हो ।

रात्रिकालिन व्यवसायहरू लाउन्ज बार, डिस्को थेक, डान्स बार, दोहोरी, गजल, लाइभ ब्याण्ड, पव, होटल, रेष्टुरेण्ट, स्पा लगाएतका सम्पूर्ण व्यवसायहरूलाई प्रोटोकल बनाइ ल्याउन ज्ञापनपत्रमा  सुझाव दिएईएको छ। ।

यस्तै दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले र सम्पूर्ण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एकमुष्ट चाबी बुझाएका थिए।

रात्रिकालिन व्यवसाय संचालनमा ल्याउन सिसिएमसि जस्ता अन्य माथिल्ला तहहरूसँग पनि छलफल गर्ने र व्यवसाय संचालनमा ल्याउन भरपुर प्रयास गर्ने ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष नरसिंह राणाले जानकारी दिएका छन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal