किर्तिमानी आरोही कामिरिता शेर्पा ‌यसपाली मनास्लु हिमालमा


नेपालन्युज
बिहीबार , २४ भाद्र , २०७८

२५ पटक विश्वको सगरमाथाको सफल आरोहण गरी विश्व किर्तिमान राख्न सफल नेपाली आरोही कामिरिता शेर्पा यसपालीको शरद ऋतुको आरोहण अभियानका लागि मनास्लु हिमालतर्फ प्रस्थान गरेका छन।

नेपालन्युजसंगको कुराकानीमा आरोही शेर्पाले विभिन्न मुलुकको अन्तराष्ट्रिय आरोहण समूहको व्यवस्थापनको लागि आफू मनास्लु हिमालको आधार शिविरतर्फ गैरहेको बताएका छन। उनले अहिले आफू शिखरमा जाने वा नजाने केही निर्णय नगरे पनि परिस्थिति अनुसार आरोहण गर्न पनि सक्ने जानकारी दिएका छन। अहिले आफ्नो जिम्मेवारी विभिन्न मुलुकका आरोहीहरुको अभियानको उचित व्यवस्थापन भएको प्रष्ट पार्दै उनले यसै सिलसिलामा शिखरमा जानु पर्ने अवस्था पनि आउन सक्ने प्रष्ट पारे।

यसपाली शरद ऋतुमा नेपालका हिमालहरुमा सबैभन्दा बढी चाप मनास्लु हिमालमा देखिएको छ। हालसम्म मनास्लु हिमालमा मात्र १७ वटा आरोहण टोलीले अनुमति पत्र पाईसकेको पर्यटन विभागले जनाएको छ। ती टोलीमा १ सय ३३ जना पुरुष तथा ३९ जना महिलाहरु गरी कूल १ सय ७२ जना  रहेका छन। मनास्लु बाहेक २ टोलीले धवलागिरी तथा एउटा टोलीले कन्चनजङ्गा हिमाल आरोहणका लागि अनुमति पाएको छ।

यसैबीच गत बसन्त ऋतुमा धवलागिरीको हिमाल आरोहणका लागि त्यँहा पुगिसकेर पनि कोरोनाको संक्रमणका कारण फर्कन बाध्य भएकि महिला आरोही तथा सगरमाथा आरोही संघकी अध्यक्ष माया शेर्पा यसपाली फेरि धवलागिरी हिमाल आरोहणका लागि प्रस्थान गरेकी छिन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal