नेपाललाई रेड जोनबाट हटाउन पहलका लागि सरकारसंग माग


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

सरकारले पर्यटन व्यवसायीहरुका मागहरु तत्काल सम्बोधन नगरे अर्को हप्ताबाट कडा रुपमा सडक आन्दोलन गरिने भएको छ।  

कोभिड १९ महामारीले पर्यटन क्षेत्रमा परेको प्रभाव र सरकारको वेवास्ताका कारण पर्यटन क्षेत्रको अस्तव्यस्त परिस्थितीबारे नेपाल एशोशियशन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टाको आयोजनामा पर्यटन सम्बद्ध छाता संगठनका अध्यक्षहरुको आज बसेको बैठकले  कोभिड १९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन नराखी अनअराइभल भिसामा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउनुपर्ने आग्रह गरेको छ। 

यसका लागि भारतसँगको सीमानाका तत्काल खोल्नुपर्ने तथा नेपाल सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्री भिसा तुरुन्तै लागू गर्नुपर्ने माग गरिएको छ। 

२। सीसीएमसीको सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी जिल्लाको कोभिड १९ परिस्थती अनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने माग पनि गरिएको छ।

 पर्यटन क्षेत्र लगायत अन्य क्षेत्रहरुको माग सम्बोधनका लागि व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासंघ,  नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघ सँग सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरिएको छ। 

 अन्तर्राष्ट्रिय जगतमा ट्राभल एडभाइजरीमा नेपाललाई रेड जोनमा राखिएको हुँदा सो रेड जोन हटाउनका लागि नेपाल सरकारलाई अनुरोध गरिएको छ। नेपालमा पर्यटनकर्मीहरुलाई पूर्ण रुपमा कोभिडविरुद्धको खोप लगाइसकेको र कोभिड खोप लगाइसकेका पर्यटकलाई नेपालमा निर्वाध रुपमा आउन दिई क्वारेन्टाइन हटाइएको अन्तर्राष्ट्रिय मिडियामा प्रचारप्रसार गरेमात्र ट्राभल एडभाइजरी रेड जोनबाट सुरक्षित जोनका रुपमा विश्वबजारमा सुरक्षित रहने सन्देश जाने भएकाले सो को अविलम्ब व्यवस्था गर्न पनि व्यवसायीहरुले माग गरेका छन। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal