विश्वकै नमूना बन्दै हेलम्बुको ‘हिमालयन ग्रेट ट्रेल’ [भिडियो]


स्थानीय सरकारले गरेको काम मध्ये देशकै उत्कृष्टमा हेलम्बुको ‘हिमालयन ग्रेट ट्रेल’ बनेको छ । स्थानीयतहले सामान्य खुद्रे काम मात्र गर्दै आएको अवस्थामा हेलम्बु गाउँपालिकाले भने नमुनाको रुपमा ‘हिमालयन ग्रेटट्रेल’ निर्माण सुरु गरेको छ । 

हेलम्बु गाउँपालिकाले आफ्नो पहिचान र पर्यटन आकर्षणका लागि ‘हिमालयन ग्रेट ट्रेल’ नाम दिएर गत वर्ष देखि ट्रेलको निर्माण सुरु गरेको हो। दुई हजार तीन सय मिटरदेखि पाँच हजार मिटर उचाइमा बन्ने ट्रेल चीनपछि विश्वमै पहिलो पटक हेलम्बुमा निर्माण हुन लागेको हो।

गत वर्षदेखि निर्माण थालिएको ट्रेल दुई मिटर चौडाईको बाटोसहित साढे तीन मिटर चौडाईमा निर्माण हुने छ। ६० किलोमिटर लामो ट्रेल निर्माणका लागि ३ अर्ब बढी लागत लाग्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। बौद्ध धर्मको इतिहास रहेको हेलम्बु क्षेत्रमा धार्मिक संस्कार र पर्यटन क्षेत्रको विकास गर्न यो ट्रेलले सहयोग गर्ने शेर्पाले बताए । 

गत वर्ष देखि निर्माण शुरु भएको ट्रेल हाल दुई स्थानमा गरी करिव हजार मिटर निर्माण भएको छ । वागमती सरकार र गाउँपालिका लगानीमा निर्माण शुरु भएको हो । यता संघिय सरकारले समेत ट्रेल निर्माणमा सहयोग गर्ने भएको छ । राष्टि्रय गौरवको आयोजनाकै रुपमा तिनै वटा सरकारले लिएर निर्माण गर्न हेलम्बुबासीको माग छ । तर त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघिय संसद शेरबहादुर तामाङले भने यो आयोजनामा सहयोग नगरेको स्थानीयको आरोप छ । 

राष्टि्रय गौरवको आयोजनाकै रुपमा तिनै वटा सरकारले लिएर निर्माण गर्न हेलम्बुबासीको माग छ

हिमालयन ग्रेट ट्रेल निर्माणपछि हेलम्बु क्षेत्रको दृश्यवलोकनदेखि स्थानीय ह्योल्मो, शेर्पा, तामाङको कला, संस्कृति बारेमा पर्यटकहरूले अवलोकन गर्न सक्नेछन्। हिमाल, पहाड, नदी, झरनाको बीचैबीच हिमालयन ग्रेट ट्रेलमाथि यात्रा गर्न पाउनु पर्यटकका लागि निकै आनन्ददायिक बन्ने विश्वास गाउँपालिकाको छ।

ग्रेट ट्रेलबाट जुगल हिमाल, याङरीमा डाँडालगायत दुई दर्जन बढी हिमाल र यहाँका प्रमुख पर्यटकीयस्थल आमा याङरी, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, ककनी, कुटुमसाङ, घोप्टेघ्याङलाई यो ट्रेलले परिक्रममा गर्न सनेछ। गुम्बा, माने, घ्याङ, मन्दिर, संस्कृति, प्राकृतिक सौन्दर्यता, स्वच्छ वातावरण, बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुहान र सुरुङ, गोहोरे खोला, तिम्बु खोला यहाँको मुख्य आकर्षण हो। एउटै ट्रेलबाट तीन हजार बढी उचाइसम्म पदयात्रा गर्न पाउने भएकाले भेडा, च्यांग्रा, चौरीको अवलोकनसमेत गर्न पाइने छ।

ग्रेट ट्रेल निर्माणपछि घोप्टेघ्याङ हुँदै छाहारे पाटी, फेमथाङ हुँदै, आमा याङजी, सेर्माथाङसम्म परिक्रमा गर्न सकिने छ। यो ट्रेलबाट माउन्टेन फ्लाइट जस्तै नजिकैबाट हिमाल अवलोकन गर्न पाइने छ।

नजिकैको गोसाइकुण्ड र वरिपरीका ८० प्रतिशत हिमाल यहाँबाट छर्लाङग देखिने भएकाले पर्यटन प्रवद्र्धनमा ग्रेट ट्रेलले ठूलो सहयोग पुर्‍याउने आरोही एवं स्थानीय कान्छी डोमा ह्योल्मोले बताइन्। ट्रेल निर्माण सम्पन्न गर्न तीनै तहका सरकारले आफ्नो गौरवको योजनामा राखेर पर्यटक प्रवद्र्धनमा सहयोग पुर्‍याउनु जरुरी रहेको उनले बताइन्। ग्रेट ट्रेल निर्माणसँगै नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा हेलम्बु बन्नेमा दुई स्थानीय ढुक्क छन्।

बौद्धधर्मग्रन्थमा उल्लेख भए अनुसार धर्म चक्र पूरा गर्न यो ट्रेल मुख्य हुने छ। यसलाई धर्मचक्र पर्खालको उपनामसमेत दिइएको छ। यो ग्रेट ट्रेल देशकै मुख्य पर्यटकीय गन्तव्य हुने भएकाले सहयोग गर्न स्थानीयबासीले संघीय सरकार, नेपाल पर्यटन बोर्ड र नेपाल भ्रमण वर्ष सचिवालयस‌ग माग गरेका छन्।

योजना पुरा गर्न ठूलो रकम लाग्ने भएकाले गाउँपालिकाले इच्छुक सर्वसाधारणलाई समेत ग्रेट ट्रेल निर्माण गर्न पाउने गरी व्यवस्था गरेको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

भिडियो पनि हेर्नुस्:


छेटु शेर्पा


सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes