फुटबल रेफ्री प्रशिक्षणमा १७ जना तालिम पुरा गर्न असमर्थ


कुनै पनि खेल खेल्न जति कठिन छ झन खेल सन्चालन गर्ने काम त्यति सजिलो छैन। झन फुटबल खेलमा रेफ्री बन्ने काम भनेको ज्यादै चुनौतीपूर्ण मानिएको छ। नेपालमा बिगतमा कयौं रेफ्रीले मैदानमै कुटाई खाएका उदाहरण प्रशस्त छन। अझै पनि बेलाबखत मैदानमै रेफ्री माथि आक्रण हुने गरेको छ। नेपालले खेलमा विश्वस्तरका प्रतियोगिता सम्म खेल्न भ्याए जस्तै रेफ्रीहरुले पनि फिफा रेफ्रीका रुपमा विभिन्न अन्तराष्ट्रिय खेल खेलाउन समर्थ भएका छन। तर यसरि फिफा रेफ्री बन्नेहरुको संख्या अझै नगण्य रहेको छ। फुटबल संघलाई सिमित रेफ्रीहरुको भरमा विभिन्न प्रतियोगिता चलाउनु पर्ने बाध्यता रहिआएको छ।

यसै सिल्सिलामा अखिल नेपाल फुटबल संघव्दारा संचालित ४ औं तहको रेफ्री प्रशिक्षण दाङको घोराहीमा सम्पन्न भएको छ। ७ दिनसम्म संचालन भएको सो प्रशिक्षणका विभिन्न ७ जिल्लाका ३५ जनाले सहभागिता जनाएका थिए। तर कोर्श सहज नभएकोले १८ जनाले मात्र कोर्श पुरा गरेका छन।

नेपालबाट फिफामा रेफ्रीका रुपमा प्रतिनिधित्व गरिसकेका बुध्दिबहादुर गुरुङ र लब खत्रीले प्रशिक्षार्थीहरुलाई तालिम दिएका थिए।


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes