नेपाल पानी जहाज कार्यालय के गरिरहेको छ ?


नेपालन्युज
शुक्रबार , ११ भाद्र , २०७८

नेपाल पानी जहाज कार्यालयले यो वर्ष २ करोड ८२ लाख रुपैंया खर्च गरेको छ। हाल अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुकूल हुने गरी पानी जहाज दर्ता ऐन मस्यौदा तयार गर्ने प्रारम्भिक कार्य बाहेक अन्य कार्य हुन सकेको छैन।

नेपाली पानी जहाज दर्ता ऐन २०२७ ले नेपाली पानी जहाज कार्यालयलाई नेपाली पानी जहाज दर्ता गर्ने, नेपाली डुङ्गा दर्ता गर्ने, पानीजहाज तथ डुङ्गा संचालन गर्ने संस्था दर्ता गर्ने तथा सोको नियमन गर्ने कार्य तोकेकोमा पानी जहाज तथा सो संचालन गर्ने संस्था दर्ता भएको छैन।

नेपालका विभिन्न नदी तथा तालहरुमा चलिरहेका डुङ्गाहरु र ती डुङ्गा संचालन गर्ने संस्था दर्ता डुङ्गा संचालन सम्बन्धी मापदण्ड निर्माण तथा निश्चित मापदण्ड अपनाई संचालन भए नभएको नियमन समेत सो कार्यालयले गरेको पाईदैंन।

वार्षिक कार्यक्रम अनुसार २ थान सवारी साधन खरिद गरी १ करोड ४३ लाख ८८ हजार रुपैंया खर्च भएता पनि जलमार्गको सम्भाव्यता अध्ययन र जलमार्ग निर्माणको कार्य भएको छैन।

सुरक्षित, सहज, भरपर्दो, व्यवस्थित सुलभ र किफायती यातायातको भरपर्दो विकल्पको रुपमा आन्तरिक र समुन्द्र सम्म जल यातायत एंव समुन्द्रमा नेपाली पानी जहाजको संचालन मार्फत देशको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि अन्तराष्ट्रिय तथा क्षेत्रीय व्यापार सहजीकरण, पर्यटन प्रवर्ध्दन लगायतबाट राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिने उदेश्यले नेपाल पानीजहाज दर्ता ऐन २०२७ बमोजिम गत २०७५ साल फागुन २ गते नेपाल पानी जहाज कार्यालय स्थापना गरिएको थियो। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal