प्रधानमन्त्री केपी शर्मा ओलीले देश चुनावमा केन्द्रीत भएको बताएका छन् । आज राजधानीमा बृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले देश चुनावतर्फ गएको बताएका हुन् ।
सम्बोधनका क्रममा उनले भने, ‘देश चुनावतर्फ गयो गयो, चुनावले सबै कुराको फैसला गर्छ । कसकाे सरकार बन्छ चुनावले फैसला गर्छ। ’
ओलीले निर्वाचन गर्दा देश संकटमा पर्छ ? भन्दै प्रचण्ड नेपाल समूहलाई प्रश्न समेत गरे । उनले भने, ‘निर्वाचन नगर्नुचाहिँ लोकतन्त्र अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ अरे, निर्वाचन गर्दा देश संकटमा पर्छ ?’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मञ्चबाटै सहभागीहरूसमक्ष ‘अस्थिरता होइन, चुनाव चाहियो’ भन्दै नारा लगाएका थिए।