सबैभन्दा बढी ८ हजार मिटर अग्ला हिमाल चढेकी नेपाली महिलाका अनुभव [भिडियो]


नेपालमा हिमाल आरोहरण गर्ने महिलाहरुको संख्यामा विगतको तुलनामा बढिरहेको छ । हिजोआज यथोचित प्रशिक्षणको व्यवस्थाले गर्दा यस्ता सहासिक कार्यमा समेत महिला सहभागिता बढिरहेको छ। यसैक्रममा नेपाली महिला आरोही माया शेर्पाले संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल मध्ये हालसम्म ५ वटाको सफल आरोहण गरिसकेकी छिन। 

३ पटक सगरमाथा चढेकी उनले विश्वको दोश्रो ठुलो हिमाल केटु, कन्चनजङ्गा, चोयु र मनास्लु हिमालको चुचुरोमा सफलता प्राप्त गरेकी हुन। उनको आरोहणको अभियान जारी रहेको छ। नेपालन्युजको स्टुडियोमा आज उनले अझै ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको क्रम जारी राख्ने बताएकी छिन। 

उनको परिचय यतिमा मात्र सिमित छैन। उनी नेपाल पर्वतारोहण संघकी द्वितिय उपाध्यक्ष तथा सगरमाथा आरोही संघकी अध्यक्ष हुन्। आरोही संघको कार्यकाल सम्पन्न गर्न लागेकी मायाले अब आगामी नेतृत्व आरोहीहरुको हितमा प्रतिबद्ध व्यक्तिलाई सुम्पने बताईन्। 

हिमाल आरोहे जीवन जोखिममा पारेर हिमाल चढे जस्तै उसले सम्मानित जीवन बिताउनु पाउनु पर्ने उनको भनाई रहेको छ। हिमालमा मरेका परिवारहरुको जिविकोपार्जनतथा शिक्षा दिक्षाकालागि राज्यको तर्फबाट अझ सहयोग हुनुपर्ने कुरामा उनले जोड दिएकी छिन।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes