गुरुको बिँडो थामेका दिनेश, यस्तो छ कला {भिडियो}


नेपालन्युज
मंगलवार , २४ चैत्र , २०७७

नेपालका एकजना शास्त्रीय संगीतका हस्तीले नेत्रविहिन भएर पनि जीवनभर संगीत साधनमै व्यस्त भए। तत्कालिन दरवारदेखि पाँचतारे होटलसम्म उनको संगीतले वातावरण रौनकमय बन्ने गर्दथ्यो । ८२ वर्षको उमेरमा केही समय अघि निधन भएका वरिष्ट सरोजबादक मोहन सुन्दर श्रेष्ट स्टेजदेखि रेडियो टेलिभिजन सबैतिर भ्याउँथे। उनलाई एकजना सहयोगीले जीवनभर साथ दिए। खोटाङ वाप्लुखाका दिनेश खडकाले १५ वर्षको उमेरदेखि स्वर्गीय श्रेष्टको हात समाउँदै सबैतिर लैजान्थे। स्वर्गीय श्रेष्ठलाई गुरु थापेका उनले गुरुको घरको कामदेखि विरामी अवस्थामा दिसापिसाब सोहर्न समेत पछि नपरेको बताएका छन। उनले काम गरे बापत पारिश्रमिक नलिए पनि दक्षिणा स्वरुप बाजा बजाउने सिप पाए। गुरुसंग एउटै मन्च उपभोग गर्ने अवसर उनलाई मिल्न गयो।

गुरुको बिंडो थामेका दिनेश विभिन्न स्टेजमा सरोद बजाउनुका साथै घरमा पनि अरुलाई सिकाउँछन। उनकि धर्मपत्नी ईश्वरी उप्रेतिपनि सितार बजाउँछिन। 

नेपालमा संगीतबाट मात्र गुजारा गर्न त्यति सहज नभएकोले उनले कपडाका जुत्ताको कारखाना सुरु गरेका छन। दिनेश खडकासंग नेपालन्युजको स्टुडियोमा गरिएको कुराकानी र सरोदबादनको भिडियो 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal