टोकियो ओलम्पिकका लागि कठिन अभ्यास गरिरहेका नेपाली धावक [भिडियो]


नेपालन्युज
शुक्रबार , ०३ बैशाख , २०७८

नेपाली धावक गोपीचन्द्र पार्की हिजोआज करिब ९ घण्टा दगुर्ने गर्दछन्। उनी बिहान दिउँसो तथा अपरान्ह दौडकै अभ्यास गरिरहेका हुन्छन्। आगामी जुलाईमा जापानमा आयोजना हुने ओलम्पिकका लागि उनले यसरि कठिन रुपमा तयारी गरिरहेका हुन। केही महिनाअघि नेपालगन्जमा सम्पन्न नेपालगन्ज म्याराथुन दौडबाट उनि ओलम्पिकका लागि छानिएका हुन। 

नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा ५ हजार मिटर दुरीको दौडमा स्वर्ण पदक जितेका गोपीचन्द्रले २०७२ सालमा प्रधानसेनापति कप दौड जितेपछि लगातार बिभिन्न प्रतियोगिता जित्नै आएका छन। उनले कान्तिपुर दौड रियल म्याराथुन लगायतका प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए। 

गोपीचन्द्रको यसपालीको ओलम्पिकको लक्ष्य भनेको ४२ दशमलब एकनउ पाँच किलोमिटर दुरीको दौड कम्तीमा २ घण्टा १४ मिनेट अबधिभित्र सम्पन्न गर्ने। ओलम्पिकमा नेपालकातर्फबाट सबैभन्दा बढी ४ पटक भाग लिएका धावक बैकुण्ठ मानन्धरले सन १९८७ मा भारतको कोलकत्तामा सम्पन्न दक्षिण एशियाली खेलकुदको म्याराथुन दौड २ घण्टा १५ मिनेटमा सम्पन्न गरी स्वर्ण पदक जितेका थिए। त्यो किर्तिमान दक्षिण एशियामा हालसम्म कसैले तोडन सकेको छैन। 

धावक गोपीचन्द्र पार्कीसंग गरिएको कुराकानी:


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal