प्रशिक्षक महर्जनले बताए भारोत्तोलन खेलाडीका पीडा, घरकै भात खाएर उठाउँछन् कठिन भार


नेपालन्युज
बुधबार , २३ भाद्र , २०७८

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीद्वारा मान्यता प्रदान गरिएको आधिकारिक खेलहरुमा नेपालले हालसम्म सबैभन्दा बढी पदक भारोत्तोलनमा भित्र्याएको छ। नेपालमा पछिल्लो पटक सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदमा नेपाली खेलाडीहरुले भारोत्तोलन खेलमा मात्र कूल १६ वटा पदक प्राप्त गरेका थिए।

यो खेल पदकका दृष्ट्रिले महत्वपूर्ण भए पनि यस खेलका खेलाडीका लागि भने निक्कै कडा परिश्रम गर्नुपर्छ। दिनँहु धेरै बजन भएका फलामका भार उठाएर अभ्यास गर्नु त्यति सजिलो छैन। त्यसका लागि खेलाडीको शरीरमा पनि क्यालोरीको जरुरी हुने हुनाले त्यही अनुसारको खानेकुरा खानु जरुरी हुन्छ।

कुनै प्रतियोगिताको अघि हुने प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषदले एकजना खेलाडीलाई दिनँहु दिने ४ सय रुपैयाँ भत्ताले उनीहरुलाई एक छाक खान कठिन हुन्छ। भार उठाएपछि आवश्यक क्यालोरीअनुसार खानेकुरा नखाए रोग लाग्न सक्ने डर हुन्छ।

अघिपछि दिनँहु हुने प्रशिक्षणमा नेपाली खेलाडीहरुले घरकै भातको भरमा अभ्यास गर्नु परिरहेको अवस्था छ। तैपनि हिजो आज भारोत्तोलन खेलप्रति मानिसहरुको अभिरुचि बढदै गएको राष्ट्रिय खेलकुद परिषदका भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जन बताउँछन्। शारीरिक तन्दुरुस्तीका लागि हिजोआज मानिसहरु यस खेलप्रति आकर्षित हुने गरेका छन्। विगतको तुलनामा महिला सहभागिता बढ्दै गएको उनि स्पष्ट पार्छन्।

१३ वर्षको उमेरदेखि धनगढीबाट अभ्यास गर्दै भारोत्तोलनमा प्रवेश गरेका सञ्जय महर्जनले यो क्षेत्रमा ३७ वर्ष बिताइसकेका छन्। उनले चौथोदेखि १३औं भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए। उनी तेस्रो र चौंथो राष्ट्रिय खेलकुदका पदक विजेता हुन।

तेस्रोदेखि पाँचौ दक्षिण एशियाली खेलकुदमा समेत काँस्य पदक जितेका महर्जनले ओलम्पिकबाहेक सबै स्तरका भारोत्तोलन प्रतियोगितामा खेलिसेकका छन्। यसपाली ओलम्पिकमा उनकै प्रशिक्षणमा कमला श्रेष्ठ र सन्जु चौधरी गरी दुई जना नेपाली महिला भारोत्तोलन खेलाडीले विगत ९ महिनादेखि तयारी गरेका थिए। तर वाइल्ड कार्ड नआए पछि उनीहरु ओलम्पिकमा जान पाएनन्।

नेपालमा भारोत्तोलन खेलको अवस्थाका साथै यस खेलका लागि चाहिने पोषणतत्वका बारेमा पोषण शिक्षामा समेत अनुभवी भारोत्तोलन प्रशिक्षकसञ्जय महर्जनसँग नेपालन्युजको स्टुडियोमा गरिएको कुराकानी हेर्नुस्:


राजु सिलवाल

राजु सिलवाल


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal