आफ्नो दुवै मिर्गौला प्रत्यारोपण गरेपनि ज्येष्ठ नागरिकहरूका लागि आश्रम बनाएका समाजसेवी मित्रसेन दाहालको आज बिहान काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको छ। उनि ५८ वर्षका थिए। । कपनस्थित उनकै निवासमा बिहान स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारार्थ ओम अस्पतालमा लगिएको थियो । उनले लप्से फेदीमा मैत्री आश्रम निर्माण गरेर आफ्नो जीवनको उत्तरार्धमा समाज सेवाको क्षेत्रमा नयाँ र अनुकरणीय कार्य गरेका थिए । त्यहाँ सुविधा सम्पन्न आश्रम निर्माण गरिएको छ। ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले आश्रममा बस्न पाउने व्यवस्था छ । स्वर्गीय दाहाल आश्रमको प्रमुखका रुपमा जीवनको अन्तिम समयसम्म कार्यरत थिए।
दाहाल लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा पनि संलग्न थिए। उनि २०७४ सालको प्रदेशसभा सदस्य निर्वाचनमा ओखलढुंगाको एक नम्बर क्षेत्रबाट उम्मेदवार बनेका थिए।