रातो मच्छिन्द्रनाथको रथ निर्माण जारी


सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ निर्माण कार्य अहिले धमाधम भैरहेको छ।

ललितपुरको पुल्चोकमा रथ निर्माण कार्य भैरहेको हो। कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण रातो मच्छिन्द्रनाथको जात्रा कसरि संचालन गर्ने हो सम्बन्धित स्थानीय वासिन्दाका साथै सरकारलाई पनि चुनौती रहेको छ। गत वर्षपनि लकडाउनकै बेला यो जात्रा परेको थियो। यसैक्रममा जात्रा संचालन गर्न निक्कै समस्या परेको थियो। यसैक्रममा भएको झडपमा एकजना ट्राफिक प्रहरी सख्त घाईते समेत भएका थिए।

ललितपुरका जनप्रतिनिधि र जात्रासँग जोडिएका जातिका अगुवा कुनै पनि हालतमा रथारोहण गर्नैपर्ने पक्षमा छन्। सरकारको निर्णयअनुसार सामाजिक दूरी कायम गरेर पनि जात्रा चलाउन सकिने बताईएको छ। रथ निर्माण सम्पन्न भएपछि रथयात्रा सुरु गरी ललितपुरका विभि्न्न टोल हुंदै जावलाखेल लगिनेछ। त्यहाँ भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई खटमा हालि बुंगमती लैजाने परम्परा रहेको छ।

वि सं २०७२ मा भूकम्पका कारण घरहरु भत्किएको बेला पनि यो जात्रा जात्रा सञ्चालन भएको थियो।

रातो मच्छिन्द्रनाथलाई वर्षा सहकालका देवता मानिन्छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes