त्रिभुवन विश्व विद्यालयले करोडौं रकम भाडा उठाउन बाँकी


नेपालन्युज
आईतवार , २० भाद्र , २०७८

 त्रिभुवन विश्व विध्यालय र विभिन्न आंगिक क्याम्पसहरुले विभिन्न व्यक्ति तथा कम्पनीसंग सम्झौता गरी जग्गा तथा भवन भाडामा लगाईएकोमा सम्झौता अनुसार भाडा असुल्न सकिएको छैन।

काठमाडौको त्रिपुरेश्वरस्थित पहिले जनप्रशासन क्याम्पस रहेको १० रोपनी १३ आना जग्गामा व्यापारिक केन्द्र निर्माण गरी ३२ वर्ष प्रयोग गर्ने गरी लिजमा दिईएको थियो। एक व्यवसायीसंग गरिएको सम्झौतामा प्रत्येक महिनाको घर भाडा महिना सुरु भएको १५ दिनभित्र बुझाई सकनु पर्ने प्राबधान रहेको छ। समयमा नबुझाएमा २० प्रतिशतको दरले विलम्ब शुल्क लाग्ने व्यवस्था छ। तर व्यवसायीले २०६४ साल बैशाखदेखि असोजसम्मको भाडा २१ लाख, २०७२ बैशाखदेखि असोजसम्मको २४ लाख र २०७५ मसिंरदेखि २०७७ साल असारसम्म १ करोड गरी १ करोड ५२ लाख रुपैंया बुझाउन बाँकी देखिएको छ। सम्झौता अनुसार कारवाही गरी उक्त रकम विलम्ब शुल्क सहितन असुल हुनु पर्ने देखिएको छ।

यसैगरी पाठन संयुक्त क्याम्पसको स्वामित्वमा रहेको भवन तथा जग्गाको भाडा सम्झौता अनुसार एक कम्पनीसंग भाडा असुल गर्न बाँकी देखिएको छ। जसअनुसार  २०७७ साल असारसम्म ५३ लाख ६३ हजार र अर्को कम्पनीसंग १८ लाख ४५८ हजार रुपैंय असुल गर्न बाँकी छ। नियमानुसार उकत रकम विलम्ब शुल्क सहित असुल गर्नु पर्दछ।

नेपाल कमर्श क्याम्पस मीनभवनले २० वटा कवल भाडामा लगाएकोमा २ महिनादेखि १४ महिनासम्मको भाडा असुल भएको छैन। जसअनुसार भाडा १३ लाख ६२ हजार असुल गर्न बाँकी रहेको देखिएको छ। उक्त रकम जरिवाना सहित असुल गर्नु पर्ने नियम रहेको छ। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal